बारामा तीन जना फरार अभियुक्त पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको टोलीले कुटपिट तथा अंगभंग मुद्दामा दोषी ठहर भई फरार रहेका दुई जना र ठगी मुद्दाका एक जना गरी तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ६ का धुमन साह सोनार र वडा नम्बर ९ बस्ने असलम देवान र ठगी मुद्दाका जिल्ला बाराको सुवर्ण गाउँपालिका वडा नं.८ का नेपाली खाँ पैठान भन्ने आजाद रहेका छन्।
पक्राउ परेका तिनै जनालाई बारा जिल्ला अदालतमा पेश गरेकोमा दुई जनालाई कैद तथा जरिवाना भुक्तानका लागि वीरगन्ज कारागार पठाइएको छ।
विचाराधीन रहेको ठगी मुद्दाका अभियुक्तलाई आजादलाई बारा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले बताए।