रुपन्देहीमा केही दिन लगातार उकालो लागेको कोरोना संक्रमितको दर पछिल्ला दुई दिन स्थिर रही शनिबार भने घटेको छ।
पछिल्लो २४ घण्टामा ९ सय ७७ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ८६ जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको छ।
यस्तै, यही अवधिमा ७ सय ८५ जना भने संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।
पछिल्लो २४ घन्टामा ९ जना संक्रमितको मृत्यु भएको छ। रुपन्देहीमा संक्रमितको संख्यासँगै मृतकको संख्या पनि केही घट्दै गएको छ।
वैशाख २८ गते १४, २९ गते १६ र ३० गते १८ जना संक्रमितले ज्यान गुमाएका थिए भने ३१ गते र जेठ १ गते ९/९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांक छ।
यस्तै, वैशाख २९ गते ९ सय ७ जना संक्रमित थपिएकोमा ३० गते ४ सय ९४ र ३१ गते ५ सय १४ जना थपिएका थिए।
२९ गते ७ हजार २ जना सक्रिय संक्रमित रहेकोमा शनिबारसम्म आइपुग्दा सक्रिय संक्रमित ७ हजार १ सय १ पुगेका छन्।
रुपन्देहीमा २९ गते ४ सय ३५, ३० गते ४ सय ५६ र ३१ गते ४ सय ९४ जना संक्रमण मुक्त भएका थिए।
कुल २२ हजार २५ जना कुल संक्रमित भएको रुपन्देहीमा संक्रमण मुक्त हुनेको संख्या शनिबारसम्म १४ हजार ५ सय ७९ पुगेको छ।
यस्तै, ३ सय ४५ जना संक्रमितको मृत्यु भएको छ।