हत्या गरेको आरोपमा खोटाङबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मृतककै भाइ २२ वर्षीय नारायण थापा र १३ वर्षीय किशोर रहेका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ काँडे बस्ने ३३ वर्षीय गिरिराज थापाको हत्या गरेको अभियोगमा उनीहरूलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो।
गिरिराज बुधबार दिउँसो घरबाट हिँडेका थिए। अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरबाट करिब दुई सय मिटर टाढा बारीमा मृत अवस्थामा फेला परेका थिए।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा गिरिराजलाई डोरीले घाँटी कसी हत्या गरेको खुल्न आएको जनाएको छ।
हत्याको कारण स्पष्ट खुलिनसकेको प्रहरीले जनाएको छ।