बैंकिङ कसुरमा अदालतले जरिवाना र सजाय सुनाएका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं-२९ का ३६ वर्षीय विनम श्रेष्ठ र धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-१ घर भई हाल काठमाडौं-१४ बस्ने ४८ वर्षीय प्रकाश श्रेष्ठ छन्।
दुबैलाई केन्द्री अनुसन्धान ब्युरोको टोलीले मंगलबार पक्राउ गरेको हो। विनमलाई अदालतले सात दिन कैद र १७ लाख ६५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो भने प्रकाशलाई ५ दिन कैद र ११ लाख ५० हजार रुपैयाँ सजाय सुनाएको थियो।
बिनमलाई काठमाडौं र प्रकाशलाई रुपन्देहीबाट पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए।
दुबैलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको ब्युरोले जनाएको छ।