बझाङमा सेती नदीले पुल बगाएको छ।
अविरल वर्षापछि आएको बाढीले आज मोटरेबल पुल बगाएको हो।
तलकोट गाउँपालिका ३ र ५ को रातापानी भन्ने ठाउँमा सेती नदीमाथि निर्माण गरिएको सो पुल बाढीले बगाएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी चौकी मेलबिसैना बझाङबाट प्रहरी टोली घटनास्थल पुगेको छ।
पुल बगेपछि स्थानीयलाई आवतजावत गर्न समस्या परेको छ।