बझाङकी एक किशोरीले सेती नदीमा हाम्फालेर बेपत्ता भएकी छन्।
शनिबार सुर्मा गाउँपालिका-४ भेलादकी १९ वर्षीया सीमाकुमारी बोहराले सदरमुकाम चैनपुरनजिकै रहेको सेती नदीमा हाम्फालेको प्रहरीले जनाएको छ।
उनले हाम्फाल्नुको कारण खुलेको छैन। प्रहरीका अनुसार बेपत्ता किशोरीको खोजी कार्य जारी छ।