सिंहदरबारभित्र गोली चलेको घटनामा राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी पिएसओ प्रहरी सहायक निरीक्षक (असई) अनुपमा भारती प्रहरी प्रधान कार्यालय तानिएकी छन्।
कात्तिक १० गते सिंहदरबारभित्र उनको पेस्तोल खस्दा गोली चलेको थियो। त्यस घटनापछि उनलाई उपाध्यक्ष दाहालको पिएसओबाट हटाइएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।
लापरबाहीका कारण गोली चलेको भन्दै उनलाई प्रधान कार्यालय तानिएको हो।
'कारबाही भएको छ। उनलाई तानेर नसियत दिएर हेडक्वाटरमा राखिएको छ,' उनले भने।
उनको सट्टामा अर्कै पिएसओ पठाएको कुँवरले बताए।