सरकारले नेपाली सेनाका उपरथी सीताराम खड्का र ताराध्वज पाण्डेको कार्यकाल थपेको छ।
गत पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उपरथीद्वय खड्का र शाहीको कार्यकाल थप्ने निर्णय गरेको हो।
दुई उपरथीको कार्यकाल थपिएको पत्र जंगी अड्डामा आएको सैनिक स्रोतले सेतोपाटीलाई बतायो।
खड्का र पाण्डेको कार्यकाल थपिएसँगै अर्का उपरथी अनन्त कार्कीले अवकाश पाउने निश्चित भएको छ।
कार्यकाल नथपिने भएपछि कार्कीले रक्षा मन्त्रालयमा उजुरी समेत दिएका थिए।
उपरथीको कार्यकाल थप्ने अधिकार प्रधानसेनापतिमा भएकाले कार्की सिफारिसमै परेका थिएनन्।
सैनिक स्रोतका अनुसार कार्कीमाथि सांकेतिक भए पनि कारबाहीको तयारी भएको छ। उनलाई सैनिक अनुशासन उल्लंघन गरेर मिडियाबाजी गरेको आरोप लागेको छ।
आफ्नो पदावधि थपको सिफारिस नभएपछि उपरथी अनन्त कार्कीले प्रधान सेनापति प्रभुराम शर्माको सिफारिसविरूद्ध उजुरी दिएका थिए।
उनले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरी मंगलबार उजुरी नै दिएका हुन्।
उनले प्रधानमन्त्रीको सचिवालयमा समेत निवेदन दर्ता गरेका छन्।
यी पनि:
आफ्नो पदावधि नथपिएपछि सेनाका उपरथी कार्कीले प्रधानमन्त्रीको सचिवालयमा गरे उजुरी