०७२ सालको भूकम्पपछि देशभर पुनर्निर्माणको लहर आयो।
बस्ती-बस्तीमा नयाँ नयाँ घर बने। तर ललितपुरको पाटनको बस्ती भूकम्प गएको छ वर्षपछि पनि अझै टेकोमा अडिएको छ।
ऐतिहासिक पुरातात्विक महत्व बोकेको पाटनको पुराना बस्तीहरू मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटन ढोकाका टोलमा घरमा लगाइएको टेको हटेको छैन। कतिपय ठाउँमा लगाइएको टेको पुरानो भएको र भाँचिएको समेत देख्न सकिन्छ।
सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफ्नो समयावधी सकिएर खारेज भइसक्यो। यसरी लगाइएका टेकाहरू किन हट्न सकेन, टेको लगाइएका घरहरूको पुनर्निर्माण किन भएन? खोज्नुपर्ने विषय छ।
तस्बिरहरू: