ललितपुरको नख्खु कारागारमा कैदीहरूले प्रदर्शन गरेका छन्।
बुधबार कैदीहरूले केहीबेर प्रदर्शन गरेको जेलर सुवासकुमार लामिछानेले जानकारी दिए। अहिले स्थिति नियन्त्रणमा आइसकेको उनले बताए।
कैदीहरूको माग के हुन् भन्नेबारेमा छानबिन हुने पनि उनले बताए। नख्खुको नयाँ ब्लकमा प्रदर्शन भएको हो। कैदीहरूले नाराबाजी गरेका थिए।
‘भित्र गुटबन्दी भएको हो। छानबिन गरेर के गर्नुपर्छ भन्ने बुझ्छौं,’ उनले भने, ‘नेतृत्वलाई टार्गेट गरेको बुझिन्छ। भित्र आन्तरिक प्रशासन हुन्छ। मागहरू के हुन् भन्ने बुझ्दैछौं।’
साउन पहिलो सातामात्रै नख्खुमा नयाँ चौकीदार नियुक्त भएका छन्। राजन मगरलाई नियुक्त गरिएको थियो।
उनी लगायतको टिमविरूद्ध नै नाराबाजी गरेको जेलर लामिछानेले बताए।