काठमाडौंको हसनटारबाट एउटा चितुवालाई नियन्त्रणमा लिएको छ।
आइतबार बिहान सवा १० बजे नागार्जुन नगरपालिका-७ हसनटारबाट नियन्त्रणमा लिइएको हो।
चितुवाले कुकुरहरू खाएर दु:ख दिएपछि प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि वन कार्यालयलाई बोलाएर चितुवालाई नियन्त्रणमा लिएको हो।
अहिले उक्त चितुवालाई ललितपुरको जावलाखेलस्थित चिडियाखानामा लगिएको छ।