बैतडीकी माया लुहार हत्याका आरोपित भरतराम कोली पुर्पक्षका लागि करागार चलान भएका छन्।
प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा पौस ५ गते प्रतिवेदन बुझाएपछि ६ गते जिल्ला अदालत बैतडीले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए।
उनीमाथि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरेको थियो।
शिवनाथ गाउँपालिका–४ सोलपाला भरतराम कोली सशस्त्र प्रहरी वलमा कार्यरत थिए।
पञ्चेश्वर गाउँपालिका ४ फ्याउलेकी २१ वर्षीय मायालाई मंसिर १३ गते चक्कुले घाँटी रेटेर हत्या गरेका थिए। यस्तै उनले १५ वर्षीया नेहा लुहारलाई घाइते बनाएका थिए।