तिहार लागेसँगै काठमाडौं उपत्यकासहित देशभरका सहरमा झिलिमिली बत्तीको रौनक छाएको छ।
उज्यालो र फूलहरूको पर्वका रूपमा मनाइने तिहारमा घर, व्यापारिक भवन तथा सार्वजनिक स्थलहरू रंगीचंगी बत्तीले सजाइएका छन्।
काठमाडौंको न्यूरोड, असन, इन्द्रचोक, नयाँ बानेश्वर लगायत क्षेत्रमा तिहारको रौनक बढेको छ।
बजारका पसल तथा व्यापारिक कम्प्लेक्सहरू झिलिमिली बत्तीले सजिएका छन् भने तिहारका लागि आवश्यक सामग्री किनमेल गर्ने सर्वसाधारणको चहलपहल पनि उत्तिकै देखिन्छ।
तिहारलाई फूल, बत्ती र सप्तरंगी पर्वका रूपमा पनि चिनिन्छ। यस अवसरमा घरआँगन सफा गरी सयपत्री र मखमली फूलका माला तथा रंगीचंगी बत्तीले सजाउने परम्परा छ। विशेषगरी लक्ष्मीपूजाका दिन घरका झ्याल, ढोका, कौसी र आँगनमा दीप प्रज्वलन गरी धनकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ।
सफासुग्घर र उज्यालो घरमा लक्ष्मीको बास हुने धार्मिक विश्वास अनुसार सर्वसाधारणले घर तथा कार्यालय सजाउने र दीपावली गर्ने गरेका छन्।
यमपञ्चकका रूपमा पाँच दिनसम्म मनाइने तिहारमा काग, कुकुर, गाई, गोरू र भाइटीकाको विशेष महत्त्व छ।
तिहारले घरपरिवार, आफन्त र दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।
-1794120673.jpg)
-1794120674.jpg)
-1794120696.jpg)
-1794120673.jpg)
-1794120674.jpg)
-1794120673.jpg)
-1794120673.jpg)
-1794120673.jpg)
-1794120673.jpg)
-1794120672.jpg)
-1794120672.jpg)
-1794120672.jpg)
-1794120672.jpg)
-1794120672.jpg)
-1794120670.jpg)
-1794120671.jpg)
-1794120671.jpg)
-1794120671.jpg)
-1794120671.jpg)
-1794120670.jpg)
-1794120670.jpg)
-1794120670.jpg)