तिहार उज्यालो र झिलिमिलीको पर्व हो। तिहारको चौथो दिन आज मंगलबार पनि काठमाडौं उपत्यकासहित देशभरका सहर तथा बस्तीहरू झिलिमिली बत्तीले सजिएका छन्।
चन्द्रागिरिबाट देखिने काठमाडौं उपत्यका र धादिङका केही भूभाग यति बेला झिलिमिली बत्तीले चम्किएका छन्।
रातको समय आकाशबाट हेर्दा बस्तीका घर, सडक र विभिन्न संरचनामा बालिएका रंगीन बत्तीले सहरको दृश्य मनमोहक देखिएको छ।
तिहारको अवसरमा घर, पसल, सडक तथा सार्वजनिक स्थलमा बालिएका बत्तीले सहरलाई उत्सवमय बनाएको छ। दाजुभाइ तथा दिदीबहिनी बीचको प्रेम र आत्मीयताको प्रतीक भाइटीका भोलि बुधबार मनाइँदैछ।
भाइटीका सम्पन्न भएसँगै तिहार पर्व सकिनेछ।
-1794305039.jpg)
-1794305039.jpg)
-1794305039.jpg)
-1794305040.jpg)
-1794305040.jpg)
-1794305040.jpg)
-1794305040.jpg)
-1794305039.jpg)