काठमाडौं उपत्यकाको आकाश खुलेसँगै चारैतिरका डाँडाकाँडाबाट हिमालहरू छर्लंग देखिन थालेका छन्। साँझपख सूर्य अस्ताउँदै गर्दाको दृश्य झनै मनमोहक छ।
पश्चिम क्षितिजमा सूर्य ओझेल पर्दै गर्दा आकाशमा गुलाबी र सुनौला रङ छरिएका छन्। दिनभर सेताम्मे देखिने हिमशृंखला अस्ताउँदो सूर्यका किरणले रंगिएका छन्।
एकातिर घरैघरले भरिएको काठमाडौं उपत्यका छ, अर्कातिर क्षितिजसम्म फैलिएका हिमाल। सहर बिस्तारै साँझको अँध्यारोमा बिलाउँदै गर्दा हिमालमा भने सूर्यका अन्तिम किरण चम्किरहेका छन्।
दिन र रातको यही मिलनबिन्दुमा काठमाडौंको सौन्दर्य बेग्लै देखिन्छ।
हेरौं, ड्रोनबाट कैद गरिएका काठमाडौंका केही मनमोहक दृश्य —









