शिख धर्मका संस्थापक गुरू नानकको ५५७ औँ जन्मजयन्ती आज विविध कार्यक्रम सहित मनाइँदै छ।
यस अवसरमा बिहानैदेखि ललितपुरस्थित गुरूद्वारामा शिख धर्मावलम्बी तथा श्रद्धालुको जमघट लागेको छ।
उनीहरूले गुरू नानकको स्मरण गर्दै भजन–कीर्तन, प्रार्थना तथा धार्मिक अनुष्ठान गरिरहेका छन्।
जन्मजयन्तीका अवसरमा गुरूद्वारामा सामूहिक भोजन (लंगर) को समेत व्यवस्था गरिएको छ।
सन् १४६९ मा हाल पाकिस्तानको ननकाना साहिबमा जन्मिएका गुरू नानकले शिख धर्मको स्थापना गरेका थिए।
समानता, मानवता, सेवा र आपसी सद्भावलाई जोड दिएको उनको शिक्षालाई अनुयायीहरूले आज पनि आत्मसात् गर्दै आएका छन्।
तस्बिरहरू:
-1795517933.jpg)
-1795517932.jpg)
-1795517932.jpg)
-1795517932.jpg)
-1795517931.jpg)
-1795517930.jpg)
-1795517931.jpg)
-1795517931.jpg)
-1795517932.jpg)
-1795517931.jpg)
-1795517932.jpg)
-1795517931.jpg)
-1795517930.jpg)
-1795517930.jpg)
-1795517930.jpg)