धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा डडेलधुराको अजयमेरु गाउँपालिका निवासी २८ वर्षीय बरुणप्रसाद भट्ट छन्।
प्रहरीका अनुसार मंगलबार बिहान ११ बजे गल्छी गाउँपालिका–७ गल्छी बजारस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो।
काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
टिपरको ठक्करबाट घाइते भएका भट्टलाई उपचारका लागि बैरेनी अस्पताल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि प्रहरीले टिपर र चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ निवासी ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।