थाइल्याण्डमा जारी टी ट्वान्टी स्म्यास क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित हासिल गरेको छ। शनिबार भएको खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको हो।
टस हारेर ब्याटिङ गरेको चीनले २० ओभरमा ६ विकेटको क्षतिमा मात्र ४८ रन बनाउन सक्यो।
थाइल्याण्ड क्रिकेट एशोसिएशनको मैदानमा भएको खेलमा नेपालले ८.४ ओभरमा विनाविकेटको क्षतिमा लक्ष्य पूरा गर्न सफल भयो। नेपालको जितमा ओपनरद्वय सीता रानामगरले २४ र काजल श्रेष्ठले १४ रन बनाइन्।