दक्षिण अफ्रिकामा अर्को वर्ष हुने यु-१९ विश्वकपका लागि एसिया छनौटका खेल शुक्रबारदेखि मलेसियामा सुरू भएका छन्।
नेपालले अहिले आफ्नो पहिलो खेल सिंगापुरसँग खेलिरहेको छ। टस हारेको नेपालले अहिले ब्याटिङ गरिरहेको छ।
३१ ओभरको समाप्तीमा नेपालले ६ विकेट गुमाएर १८० रन बनाएको छ। त्यसमध्ये कप्तान रोहितकुमार पौडेलले ६७ बलमा ६९ रन हानेका छन्। उनले ७ चौका प्रहार गरेका छन्।
पवन सराफ ४७ र भीम सार्की २६ रन हानेर आउट भएका छन्। कुशल मल्लले १०, आसिफ शेखले ८ र रित गौतमले १ रन बनाएका थिए।
अहिले रसिद खानले कप्तान पौडेललाई साथ दिइरहेका छन्।