१२ औं आईपिएलमा दक्षिण अफ्रिकाका स्पिनर इमरान ताहिरले सर्वाधिक विकेट लिदैं पर्पल क्याप जितेका छन्।
४० वर्षिया ताहिरले १७ म्याचमा २६ विकेट लिदैं पर्पल क्याप जितेका हुन्। यस क्रममा उनको स्ट्राइक रेट १४.८४ रह्यो भने इकोनोमी रेट ६.६९ रह्यो।
मुम्बई विरूद्ध खेलमा उनले ३ ओभर बलिङ् गर्दै २३ रन दिएर २ विकेट लिएपछि पर्पल क्यापमा कब्जा जमाए। उनी लिगमा सर्वाधिक विकेट लिएर पर्पल क्याप जित्ने सर्वाधिक पाका खेलाडीसमेत हुन्।
दोश्रो स्थानमा उनलाई दिल्ली क्यापिटल्सका कैगिसो रबाडाले पछ्याएका छन्। रबाडाले १२ म्याचबाट २५ विकेट यस सिजनमा लिए। ढाडमा चोट लागेपछि उनले आईपिएलका बाँकी खेल खेल्न सकेनन। त्यसैगरी यस सिजनमा सर्वाधिक विकेट लिने तेश्रो खेलाडी हुन् दीपक चाहर। चेन्नई सुपर किङ्सका यी खेलाडीले १७ गेमबाट २२ विकेट लिए।
यसैगरी यस आईपिएलमा सर्वाधिक विकेट लिने खेलाडीको चौथो र पाँचौ नम्बरमा श्रेयस गोपाल र खलिल अहमद रहेका छन्। राजस्थान रोयल्सका गोपालले १४ खेल खेल्दै २० विकेट लिए भने सनराइजर्स हैदराबादका अहमदले ९ खेलबाट १९ विकेट लिएका छन्।
यसैगरी यस सिजनमा डेविड वार्नर सर्वाधिक रन बने। सनराइजर्स हैदराबादका यी खेलाडीले १२ खेलबाट ६९२ रन जोडेका हुन्। उनले सर्वाधिक रनकर्ताका रूपमा ओरेन्ज क्याप जिते।
यसैगरी किङ्स इलाभनेका लोकेश राहुलले १४ खेलबाट ५९३ रन बनाउँदै दोश्रो सर्वाधिक रन बनाउने खेलाडी बने।
यस्तै १६ खेलबाट ५२९ रन जोडेका मुम्बई इण्डियनसका क्वीट्न डि कक सर्वाधिक रनकर्ताको तेश्रो नम्बरमा छन्।
उनीपछि दिल्ली क्यापिटल्सका शिखर धवन १६ खेलबाट ५२१ रन जोडेर सूचिको चौथो स्थानमा रहे भने पाँचौ स्थानमा कोलकाता नाइट राइडर्सका आन्द्रे रसेल छन्। उनले यस आईपिएल सिजनमा १४ खेलबाट ५१० रन जोडे।