आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकिएको छ।
म्यानचेस्टरमा टस जितेको पाकिस्तानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ४६.४ ओभरमा ४ विकेटको क्षतिमा ३०५ रन बनाउँदा खेल वर्षाले रोकिएको छ।
भारतका कप्तान विराट कोहली ७१ र विजय शंकर ३ रन बनाएर खेलिरहेका छन्।
भारतका लागि ओपनर रोहित शर्माले सतक प्रहार गरे। उनले ११३ बलमा १४० रनको योगदान दिए। रोहितले आफ्नो इनिङमा १४ चौका र ३ छक्का हिर्काए।
अर्का ओपनर लोकेश राहुलले ५७ रन बटुले। नियमित ओपनर शिखर धवन घाइते भएपछि ओपनिङमा मौका पाएका राहुलले ७८ बलमा ३ चौका र २ छक्का हिर्काए।
रोहित र राहुलबीच पहिलो विकेटको लागि २३.५ ओभरमा १३६ रनको साझेदारी भएपछि भारतको उत्कृष्ट ओपनिङ भएको थियो। हार्दिक पाण्ड्याले १९ बलमा २६ रन जोड्दा महेन्द्रसिंह धोनीले १ रन मात्र जोड्न सके। बलिङमा पाकिस्तानका मोहमद आमिरले २ विकेट लिएका छन्। वाहेब रिजय र हसन अलीले १-१ विकेट लिएका छन्।