आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत भारतले वेस्ट इन्डिजलाई २६९ रनको लक्ष्य दिएको छ।
म्यानचेस्टरमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा २६८ रन बनायो।
भारतका लागि कप्तान विराट कोहलीले सबैभन्दा बढी ७२ रन जोडे। उनले ८२ बलमा ८ चौका हिर्काए।
त्यसअघि ओपनर रोहित शर्मा २३ बलमा १८ रन जोडेर आउट भए। केएल राहुल ४८ रन बनाएर पेभेलियन फर्के। उनले ६४ बलमा ६ चौका प्रहार गरेका थिए।
महेन्द्रसिंह धोनीले नटआउट ५६ रन बटुले। उनले ६१ बल खेलेर ३ चौका र २ छक्का प्रहार गरे।
विजय शंकर १४ रन र केदार जादव ७ रनमै आउट भए। हार्दिक पाण्ड्याले ४६ रन दिए। उनले ३८ बलमा ५ चौका हिर्काए। मोहमद सामीले शून्यमा आउट भए।
बलिङमा वेस्ट इन्डिजका केमार रोचले ३ विकेट लिए। जासन होल्डर र सेलडम कोट्रेलले २-२ विकेट हात पारे।