आइसिसी क्रिकेट विश्वकप २०१९ मा आयोजक इंग्ल्यान्डले न्युजिल्यान्डलाई ३०६ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ३०५ रन जोड्यो।
इंग्ल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान जोनी बेयर्सटोले शतक प्रहार गरे। उनले १०६ रन जोडे। उनले ९९ बलमा १५ चौका र १ छक्का हिर्काए। जारी विश्वकपमा उनको यो लगातार दोस्रो शतक हो।
ओपनर जासन रोएले ६० रनको योगदान दिए। उनले ६१ बलमा ८ चौका हिर्काए।
जोए रुटले २४ रन जोड्दा जोस बटलर ११ रनमै आउट भए। कप्तान इयान मोर्गानले ४२ रनको योगदान दिए। उनले ४० बलमा ५ चौका हिर्काए। बेन स्टोक्स ११ रन, क्रिस ओएक्स ४ रन र अदिल रसिद १६ रनमा आउट भए। लियाम प्लुङकेटले नटआउट १५ रनको योगदान दिए।
बलिङमा न्युजिल्यान्डका जेम्स नसीम, ट्रेन्ट बोल्ट र माट हेनरीले २-२ विकेट हात पारे। मिचेल सान्टनर र टीम साउथीले १-१ विकेट लिए।
खेलमा जित हात पार्ने टिम सेमिफाइनल पुग्नेछ।