क्रिकेट कप्तानहरूका लागि अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले खुशीको खबर दिएको छ। अब उनीहरूले धिमा ओभर रेटका लागि निलम्बन हुनुनपर्ने भएको छ।
आईसिसीले कप्तान र खेलाडी दुबैलाई समान सजायको व्यवस्था गरेको छ।
यसको सुरूवात आगामी विश्व टेस्ट च्याम्पियनसिपबाट सुरू हुनेछ। त्यस्तै आईसिसीले वेकल्पिक खेलाडीसँग जोडिएको नियममा पनि परिवर्तन गरेको छ।
आईसिसी क्रिकेट समितिको सुझाबलाई बोर्डले मंजुरी दिइसकेको छ। विश्व टेस्ट च्याम्पियनसिप २०१९ देखि २०२१ सम्म चल्नेछ। यसको सुरूवात १ अगस्टबाट सुरू हुने एशेज सिरिजबाट हुँदैछ।
'विश्व टेस्ट च्याम्पियनसिपमा कुनै टोलीले निर्धारित समयमा ओभर पूरा गर्न नसकेमा उसको २ अंक काटिनेछ। सबै खेलाडीलाई समानरूपले दोषी मानिनेछ र एक समान सजाय भोग्नेछन्। अब यसका लागि कप्तानले निलम्बन झेल्नुपर्ने छैन', आईसिसीले भनेको छ।
यसअघि धिमा ओभरगतिका लागि कप्तानलाई उनको म्याच फिको ५० प्रतिशत तथा टोलीका बाँकी अन्य खेलाडीको १० प्रतिशत जरिमाना हुने नियम थियो। यसका साथै यो सिलसिला एकवर्षभित्रै ३ म्याच खेलमा दोहोरिएको खण्डमा कप्तानलाई प्रतिबन्ध लगाइने नियम थियो।
त्यस्तै आईसिसीले वैकल्पिक खेलाडीसम्बन्धी नियममा पनि संशोधन गरेको छ।
नयाँ नियमका अनुसार कुने खेलाडी घाइते भएमा त्यस खेलाडीको सट्टा अर्को खेलाडीलाई टोलीमा ल्याउन सकिनेछ। उनले बलिङ, ब्याटिङ तथा विकेटकिपिङ सबै गर्ने पाउनेछ।
यस्ता खेलाडीलाई 'कनेक्सन सब्सिट्यूट' भनिनेछ। यो नियम इङ्ल्याण्ड र अस्ट्रेलियाबीच अगस्ट एकबाट हुने एशेज सिरिजबाट लागू हुनेछ।