ग्लोबल टी-२० क्यानडा क्रिकेट प्रतियोगितामा नेपालका तीव्र गतिका बलर सोमपाल कामीले डेब्यू गरेका छन्।
सोमपालले विनिङपेग हब्सबाट खेलेर विदेशी टी-२० लिगमा डेब्यू गरेका हुन्। उनले एडमन्टन रोयल्सविरुद्ध डेब्यू गरेका हुन्।
ब्याटिङमा ५ बल खेलर नटआउट १ रन जोडेका सोमपालले विकेट लिन सकेनन्। उनले २ ओभर बलिङ गर्दा ३३ रन दिए। १ बल मात्र डट फ्याँकेका सोमपालले १ चौका र ३ छक्का दिए।
सोमपालको हग्स ८ विकेटले पराजित भयो। पहिले ब्याटिङ गरेको हग्सले ६ विकेटको क्षतिमा १९५ रन जोड्यो। रोयल्सले १७.४ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। रोयल्सका लागि अंशुमान रथले नटआउट ८७ रन जोडे।
यता ग्लोबल टी-२०मा सिजनमा पहिलो खेल खेलेका नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विकेट लिए पनि महँगा साबित भएका छन्।
टोरन्टो नेसनल्सका सन्दीपले ब्राम्टन वुल्भ्सविरुद्ध ४ ओभर बलिङ गर्दा १ विकेट लिए। उनले ४४ रन दिएका थिए। त्यक्रममका उनले १० बल डट फ्याँक्दा ६ चौका र २ छक्का दिए।
खेलमा सन्दीपको टोरन्टो ११ रनले पराजित भयो। पहिले ब्याटिङ गरेको ब्राम्टनले ६ विकेटको क्षतिमा २२२ रन जोड्यो। टोरन्टोले २० ओभरमा ७ विकेटको क्षतिमा २११ रन मात्र जोड्न सक्यो।
लिगमा ब्राम्टन सुरुवाती ४ खेलमै जित निकालेर ८ अंक जोड्दै शीर्ष स्थानमा छ। सन्दीपको टोरन्टो ४ खेलमा १ जितसहित पुछारबाट दोस्रो स्थानमा छ। सोमपालको हग्स ५ खेलमा २ खेलमा जित निकालेको छ।