क्याट क्विन्स काठमाडौंले वुमन्स च्याम्पियन्स लिग क्रिकेट टि २० प्रतियोगितामा विराटनगर टाइटन्सलाई पराजित गर्दै जित हासिल गरेको छ।
शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा विराटनगर टाइटन्सलाई ५३ रनले पराजित गर्दै काठमाडौंले जित हासिल गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा २ विकेट गुमाएर १३९ रन बनाएको थियो।
काठमाडौंले दिएको १४० रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ५ विकेटको क्षतिमा ८७ रनमात्र बनाउन सक्यो।
जितसँगै काठमाडौंले ३ खेलमा ४ अंक जोड्न सफल भएको छ।