पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।
पोखरा क्रिकेट मैदानमा आगामी २८ गतेदेखि हुने पिपिएलको पहिलो खेलमा साविक विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन्सबीच खेल हुनेछ।
६ वटा टिमबीच हुने लिगको शीर्ष टिम सिधैं फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो हुने टिमबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुनेछ।
लिग चरणमा १५, इलिमिनेटर १ र फाइनल १ गरी पिपिएलमा १७ खेल हुनेछन्।
यसपटको लिगमा साविक विजेता पोखरा पल्टन, काठमाडौं गोल्डेन्स, विराटनगर टाइटन्स, चितनवन राइनोज, बुटवल ब्लास्टर्स र धनगढी बुल्जबीच खेल हुनेछ।
आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका अनुसार यसपटक एक टिमले ३-३ जना विदेशी खेलाडी राख्न पाउनेछन्।
यसअघि सबै टिमले ड्राफ्टमार्फत १२-१२ खेलाडी रिटेन,रिजिज र नयाँ सम्झौतामार्फत भित्र्याएका थिए।