नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) क्रिकेट अवार्डको दोस्रो संस्करण स्थगित भएको छ।
विश्वभर फैलिरहेको कोरोनाभाइरसको संक्रमणको खतराका कारण चैत २१ गते तय अवार्ड स्थगित गरिएको हो।
अवार्डमा पुरुष र महिला खेलाडीलाई वर्षको उत्कृष्ट क्रिकेटरको अवार्ड,उदयीमान खेलाडी, उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड समेत प्रदान गरिने तय थियो।
वर्षको उत्कृष्ट महिला र पुरुष खेलाडीलाई १ लाख ३२ हजार रुपैयाँ तथा उदयीमान खेलाडी, उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट विधाका विजेतालाई समान ६६-६६ हजार रुपैयाँ दिइने घोषणा गरिएको थियो।
उत्कृष्ट खेलाडी छनोटका प्राविधिक समिति गठन गरिने र वर्षको उत्कृष्ट क्षण भने समर्थकको भोटिङका आधारमा हुने जनाइएको थियो।
गत वर्ष उत्कृष्ट वर्ष खेलाडी सन्दीप लामिछाने र सीता रानामगर भएका थिए भने उत्कृष्ट युवा खेलाडी रोहितकुमार पौडेल, उत्कृष्ट क्षण अवार्ड करण केसी र पुराना क्रिकेटर कोमल पाण्डेलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।