श्रीलंकाका तीव्र गतिका बलर शेहन मदुशंका सबै फर्म्याटका क्रिकेटबाट निलम्बनमा परेका छन्।
उनलाई अवैध लागुपदार्थ हिरोइन बोकेको आरोपमा पक्राउ परेका थिए। श्रीलंका क्रिकेटले उनलाई प्रहरीलाई पक्राउ गरेको अर्को दिन निलम्बन गरेको हो। उनलाई अहिले हिरासतमा राखिएको छ।
अवैध लागु पदार्थ उनको कारमा फेला परेको थियो। प्रहरीले उनको कारबाट दुई ग्राम हिरोइन बरामत गरेको थियो।
अब उनलाई मुद्दा लगाइने छ भने हाइ कोर्टमा सुनुवाइ गरिनेछ।
उनीमाथिको निलम्बन बोर्डले गर्ने बृस्तित सोधपुछसम्मका लागि लागु हुनेछ।
२५ वर्षीय मदुशंकाले श्रीलंकाका लागि एक एकदिवसीय र दुई टी-२० खेलेका छन्।
बंगलादेशविरुद्धको डेब्यू खेलमा उनले ह्याट्रिक गरेका थिए। पछिल्लो १८ महिना उनी चोटका कारण राष्ट्रिय टिममा पर्न असफल भएका थिए।