बंगलादेश क्रिकेट टिमका पूर्वकप्तान मुस्रफी मोर्ताजा, देब्रे हाते स्पिनर नाज्मुल इस्लाम र ओपनर नफिस एकबाल कोरोनाभाइरसबाट संक्रमित भएका छन्।
तीनै जनालाई यो साता कोरोना संक्रमण भएको पुष्टि भएको हो।
संसदका सदस्य समेत रहेका मोर्ताजा कोरोना भाइरसबाट प्रभावित भएकाहरुलाई राहत बाढ्न सक्रिए थिए। उनले खासगरी आफ्नो क्षेत्र नाराइलमा राहत तथा उद्दारमा सक्रियता देखाएका थिए।
इस्लाम पनि जन्मस्थान नारायणगंजमा राहत वितरणमा सक्रिय थिए। यो क्षेत्र बंगलादेशमा बढी प्रभावित मध्येको एक हो।
मोर्ताजाले शनिबार साँझ आफूलाई कोरोना लागेको बताउँदै सबैलाई सचेत रहन आग्रह गरेका छन्।
एकदिवसीय क्रिकेट खेल्ने मोर्ताजाले वर्षको सुरुमा कप्तानबाट राजीनामा दिएका थिए।
बंगलादेशमा १ लाख भन्दा बढी कोरोना संक्रमित भइसकेका छन् भने १४ सय भन्दा बढीको ज्यान गइसकेको छ। सरकारले निश्चित क्षेत्रमा लकडाउन गरेको छ।
कोरोनाका कारण बंगलादेशले जुलाईमा श्रीलंका भ्रमण र अगस्टमा घरेलु मैदानमा न्युजिल्यान्ड खेल्ने सिरिज अनिश्चित छ।