इंग्लिस क्रिकेट टिमले १६ वर्षपछि पाकिस्तानी भूमीमा क्रिकेट खेल्ने भएको छ।
इंग्ल्यान्डले आगामी अक्टोबरमा दुई खेलको टी–२० सिरिजका लागि पाकिस्तान भ्रमण गर्ने भएको हो।
यसअघि आगामी जनावारीमा इंग्ल्यान्डले पाकिस्तान भ्रमण गर्ने भनिए पनि व्यस्त खेल तालिकाका कारण स्थगित गर्न परेको थियो।
यस्तै इंग्ल्यान्डले भारत र श्रीलंकामा खेल्ने खेल तालिकामा पनि प्रभावित हुने भएको छ।
इंग्ल्यान्डका धेरै खेलाडी टी–२० फ्रेन्चाइज लिगमा व्यस्त हुने भएपछि खेल तालिका पनि प्रभावित हुने भएका हुन्।
इंग्ल्यान्डले सन् २००५ पछि पहिलो पटक पाकिस्तान भ्रमण गर्न लागेको हो।
सन् २०२१ को अक्टोबर १४ र १५ मा पाकिस्तान र इंग्ल्यान्डबीच टी–२० खेल हुनेछ।