न्यूक्यासल युनाइटेडले लेस्टर सिटीलाई १–० ले हराएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा एयोजे परेजले गोल गर्दै न्यूक्यासललाई जिताएका हुन्।
उनले खेलको ३२ औँ मिनेटमा सो गोल गरेका हुन् । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्।
जितसँगै न्युक्यासलको ३४ खेलबाट ३८ अंक जोडेको छ ऊ लिगको १३ औं स्थानमा उक्लेको छ। त्यस्तै सातौँ स्थानको लेस्टर सिटीको ४७ अंक छ ।