च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा एफसी पोर्टोलाई ४–१ ले पराजित गर्दै लिभरपुल सेमिफाइनलमा प्रवेश गरेको छ।
लिभरपुल समग्रमा ६–१ ले विजयी हुँदै सेमिफाइनलमा पुगेको हो।
सेमिफाइनलमा उसको भिडन्त बार्सिलोनासँग हुनेछ। पहिलो लेगमा लिभरपुल २-० ले विजयी भएको थियो।
लिभरलपुलले हिजोको खेलमा २६ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। पहिलो हाफमा १-० ले अगाडी रहेको लिभरल पुलले बाँकी ३ गोल खेलको दोश्रो हाफमा गरेको हो।
दोश्रो हाफको ६५ औं मिनेटमा मोहम्म सलाहले गरेका थिए। यसैगरी खेलको ७७ औ मिनेटमा रोबर्टो फिरमिनोले टोलीका लागि तेश्रो गोल गर्दा ८४ औं मिनेटमा भान डिजेकले चौथो गोल गरे।
पोर्टोका लागि एकमात्र गोल मिलिताओले गरेका थिए।