च्याम्पियन्स लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाइटेडसँगको अन्तिम १६ को खेलपछि सामाजिक सञ्जाल इन्स्टाग्राममा खेल पदाधिकारीको अपमान गरेकोमा दोषी ठहर गर्दै नेइमारलाई युइएफएले ३ खेलको प्रतिबन्ध सजाय सुनाएको छ ।
फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का खेलाडी नेइमारमाथि युइएफएले युरोपियन प्रतिस्पर्धाका तीन खेलमा प्रतिबन्ध लगाएको हो ।
त्यसतिबेला नेइमारले भिडियो असिस्ट रेफ्री(भिएआर)बाट पिएसजीलाई दिइएको पेनाल्टीले फुटबलको अपमान गरेको प्रतिक्रिया दिएका थिए। उनले त्यतिबेला भिएआरमा फुटबल नबुझेका मान्छेहरूलाई राखेकाले त्यस्तो भएको बताएका थिए।
‘यो अपमान हो। फुटबलका बारेमा केहि थाहा नभएका ४ मान्छेलाई स्लो-मोसन रिप्ले फुटबल हेर्ने टेलिभिजन अगाडी राखिएको छ’, त्यतिबेला नेइमारले आफ्नो इन्स्टाग्राममा लेखेका थिए।
भिएआरमार्फत दिइएको पेनाल्टीकै कारण पहिलो लेगमा २–० ले अग्रता लिएको पिएसजी दोस्रो लेगमा अवे गोलका आधारमा पछि परेको थियो ।
सो खेलको ९४ औं मिनेटमा डिओगो दालोटले प्रहार गरेको बलले पिएसजीका प्रेसनेल किमपेम्बेको हातमा लागेपछि युनाइटेडले पेनाल्टी पाएको थियो।
त्यो लेग संमग्रमा ३-३ को बराबरी भए पनि अवे गोलका कारण युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको थियो।
प्रतिबन्ध लागेका नेइमारले आउँदो सिजनमा च्याम्पियन्स लिगको समूह चरणका तीन खेल खेल्न पाउनेछैनन्।
यो पनि पढ्नुस्ः