ईङ्लिस प्रिमियर लिगमा आईतबार साँझ भएको खेलमा म्यानचेस्टर युनाइटेड हडर्सफिल्डसँग १-१ गोलको बराबरीमा रोकिए छ। बराबरीमा रोकिएसँगै युनाइटेड युरोपियन च्याम्पियन्स लिगको आगामी सिजनमा छनौट हुन असफल भएको छ।
जारी लिगमा ऊ छैटौं स्थानमा रहेको छ। च्याम्पियन्स लिगमा छनौट हुन उसले लिगमा शीर्ष चारमा अटाउनुहुपर्थ्यो। प्रतियोगितामा म्यानचेस्टर युनाइटेडको एक खेल बाँकी छ।
हिजोको खेलमा पहिलो अग्रता युनाइटेडले लिएको थियो। खेलको ८ मिनेटमा युनाइटडलाई म्याकटोमिनेले अग्रता दिलाएका थिए। युनाइटेडको सो अग्रतालाई हडर्सफिल्मले खेलको ६० औं मिनेटमा बराबरी गरेको थियो। सो गोल एमबेन्जाले गरेका थिए।
घरेलु लिगमा म्यानचेस्टर युनाइटेडले पछिल्ला चार खेलयता जित हात पार्न सकेको छैन। पछिल्चा चार खेलमा युनाइटेडले दुईमा हार तथा दुईमा बराबरीको गरेको छ। युरोपियन च्याम्पियन्स लिगका पछिल्ला दुई संस्करण खेलेको म्रयानचेस्टर त्यसअघिला दुई संस्करणमा पनि छनोट भएको थिएन।