फ्रेन्ड्स क्लबले ब्राजिलका तीन फुटबरलाई भित्र्याएको छ।
क्लबले डी कर्मा, फिलिप डी सुजा र साउलो डी अक्युनोलाई भित्र्याएको हो।
तीनै जनासँग एक वर्षको सम्झौता गरेको फ्रेन्ड्स क्लबका सदस्य राजाराम तन्डुकारले बताए।
साउलो डिफेन्डर, डि कर्मा मिडफिल्डर र साउलो फरवार्ड हुन्।
'तीनै खेलाडी क्लबमा आबद्ध हुन मंगलबार नै नेपाल आइपुगेका छन्। हामीले लिगलाई मध्यनजर गर्दै मुख्य प्रशिक्षकमा ब्राजिल कै मार्कस फिलिपलाई पनि अनुबन्धित गरेका छौं । उनी एक साता पछि आउने छन्,' सदस्य तन्डुकारले सेतोपाटीसँग भने।
गत संस्करणको सहिद स्मारक 'ए' डिभिजन लिगमा कमजोर खेलेको फ्रेन्ड्सले आगामी मंसिर अन्त्यबाट हुने लिगमा उत्कृष्ट खेल्ने लक्ष्य लिएको छ।