भारतमा भएको अलइन्डिया काली कुमाउ कपको उपाधि सुदूरपश्चिम–११ स्पोर्टस क्लवले जितेको छ। प्रतियोगिता अन्तर्गत आईतबार भएको फाईनलमा देहरादुन क्लवलाई ६–१ ले पराजित गर्दै सुदूरपश्चिम–११ ले उपाधिमाथि कब्जा जमाएको हो।
प्रतियोगितामा गत वर्ष दिल्ली स्पोर्ट्स क्लबसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको सुदूरपश्चिम–११ यस वर्ष च्याम्पियन भएको हो।
सुदूरपश्चिम ११ को जितमा विक्रम सिंहले ५ गोल गरे भने कमल देउवाले एक गोल थपे। सिंहले खेलको ९ औँ, ११ औँ, १८ औँ, ३१ औँ र ७७ औँ मिनेटमा गाले गरे भने देउवाले २४ औँ मिनेटमा गोल गरेको सुदूरपश्चिम–११ का अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
सुदूरपश्चिम–११ले २०७६ को पहिलो प्रतियोगितामा बिजय सुरुवात गरेको बताउदै आगामी सहभागि हुने प्रतियोगितामा पनि सफल हुने बताए ।
विजेताले एक लाख भारु नगद रकम ट्रफि, मेडल र उपबिजेताले ५० हजार नागद ट्रफि, मेडल प्राप्त गरेका थि ।
लगातार दुई वर्ष देखी उक्त प्रतियोगितामा सुदूरपश्चिम–११ सहभागिता जनाउदै आएको थियो। प्रतियोगितामा भारतका बिभिन्न प्रदेशका टिमको सहभागि रहेका थिए ।