स्पेनिस ला लिगा अन्तरगत शनिबार राती भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३-१ ले पराजित गरेको छ।
खेलमा पहिलो अग्रता भने सोसिडाडले खेलको दोश्रो मिनेटमा लिएको थियो। उसले विलियन जोसेको गोलमा अग्रता लिएको थियो।
उसको सो अग्रतालाई रियल मड्रिडले करिम बेन्जिमाको गोलमा ३७ औं मिनेटमा बराबरी गर्यो।
यसरी पहिलो हाफ १-१ को नतिजामा टुङ्गिएको खेलमा रियल मड्रिडले खेलको ४७ औं र ७४ मिनेटमा गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्यो। ती गोलहरू क्रमशः फेडेरिको भाल्भेर्दे र लुका मोड्रिकले गरेका हुन्।
जितसँगै रियल मेड्रिडले लिगको शीर्ष स्थानमा रहेको बार्सीलोना जत्तिकै समान २८ अंक जोडेको छ। समान अंक भएपनि बार्सिलोना गोल अन्तरका कारण शीर्ष स्थानमा कायमे रहेको छ।
लोगको पाँचौ स्थानमा रहेको रियल सोसोडाडको भने १४ खेलबाट २३ अंक रहेको छ।