साबिकको इटालियन सिरी ए विजेता युभेन्टस पुनः लिगको शीर्ष स्थानमा पुगेको छ।
आइतबार रोमालाई पराजित गर्दै युभेन्टस लिगको शीर्ष स्थानमा पुगेको हो।
जितसँगै उसले निकट प्रतिष्पर्धी इन्टर मिलान भन्दा दुई अंक बढी जोडेको छ।लिगमा समान १९ खेल खेलको युभेन्टसको ४८ अंक पुगेको छ भने इन्टर मिलानको ४६ अंक छ।
शनिबार इन्टर एट्लान्टासँग १-१ को बराबरीमा रोकिएको थियो।
आइतबार भएको खेलमा रोमालाई २-१ ले पराजित गर्ने क्रममा युभेन्टसले खेलको तेश्रो मिनेटमा नै अग्रता लिएको थियो। उसले मेरिह डेमिरलको गोलमा अग्रता लिएको थियो।
सो अग्रतालाई क्रिश्चियानो रोनाल्डोले खेलको १० औं मिनेटमा दोब्बर पारे।उनले पेनाल्टी मार्फत गोल गरेका हुन्।
पहिलो हाफ २-० को नतिजामा सकिएको खेलमा रोमाले दोश्रो हाफमा एक गोल फर्कायो। खेलको ६८ औं मिनेटमा पेनाल्टीमार्फत डिएगो पेरोतीले गोल फर्काए पनि उसका लागि पर्याप्त भएन।
रोमा १९ खेलबाट ३५ अंक जोडेर लिगको पाँचौ स्थानमा रहेको छ।