प्रिमियर लिगको इतिहासमा सर्जियो अग्युरोले सर्वाधिक ह्याट्रिक गर्ने विदेशी खेलाडीको कीर्तिमान बनाउँदा म्यानचेस्टर सिटीले एस्टन भिल्लाको पोस्टमा आधा दर्जन गोल गरेको छ।
प्रिमियर लिग अन्तरगत आइतबार भएको खेलमा एस्टन भिल्लालाई ६-१ ले पराजित गर्ने क्रममा अग्युरोले आफ्नो १२ औं ह्याट्रिक पूरा गरे।
उनले फ्रयांक लाम्पार्डको १७७ गोल संख्यासँग बराबरी गरेका हुन्।
ह्याट्रिक गर्ने क्रममा अग्युरोले खेलको २८, ५७ र ८१ औं मिनेटमा गोल गरेका थिए।
उनका अलावा म्यानचेस्टर सिटीका लागि रियाद महरेजले दुई र ग्याब्रियल जिससले एक गोल गरे । महरेजले खेलको १८ र २४ औँ मिनेटमा गोल गरेका हुन् भने जिससले ४६ औं मिनेटमा गोल गरेका हुन्।
त्यसैगरी एस्टन भिल्लाले खेलको ९१ औं मिनेटमा एक गोल फर्काएका थियो।
सो गोल एल गाजीले पेनाल्टी मार्फत गरेका थिए।
जितसँगै जारी लिगमा म्यानचेस्टर सिटीले २२ खेलबाट ४७ अंक जोडेको छ। उ हाल लिगमा दोश्रो स्थानमा रहेको छ भने पहिलो स्थानमा ६१ अंकसहित लिभरपुल रहेको छ।