च्याम्पियन्स लिग अन्तरगत बुधबार भएको खेलमा इटालियन क्लब युभेन्टस पराजित भएको छ।
युभेन्टस फ्रेन्च क्लब लियोनसँग पराजित भएको हो।
अन्तिम १६ अन्तरगतको पहिलो लेग खेलमा लियोनले युभेन्टसलाई १-० ले पराजित गरेको हो।
सो निर्णायक गोल पहिलो हाफको ३१ औं मिनेटमा लुकास टुसट गरेका थिए।
लियोनको युभेन्टसविरुद्धको यो पहिलो जित हो।
दोश्रो लेग युभेन्टसको मैदानमा मार्च १७ मा हुनेछ।