चेल्सीमाथि पुनरागमन जित निकालेर आर्सनलले एएफ कपको उपाधि जितेको छ।
शनिबार राति भएको फाइनल भिडन्तमा चेल्सीलाई २-१ गोलले पराजित गर्दै आर्सनल च्याम्पियन बनेको हो।
खेलको पाँचौ मिनेटमा पुलिसिकको गोलबाट चेल्सीले अग्रता लिएको थियो।
२८ मिनेटमा पियरी इमेरिक अयुबामेयाङले पेनाल्टीबाट बराबरी गोल फर्काए।
अयुबामेयाङले ६७ मिनेटमा दोस्रो गोल गरेपछि आर्सनल जिततर्फ अघि बढेको थियो।
आर्सनलले कीर्तिमानी १४औं पटक कपको उपाधि जितेको हो।