इंग्लिस प्रिमियर लिगमा चेल्सीले विजयी सुरुवात गरेको छ। सोमबार राति भएको खेलमा चेल्सीलाई ब्राइटनलाई ३-१ गोलअन्तरले पराजित गर्यो।
चेल्सीले खेलको २३ मिनेटमा पेनाल्टी अवसरमा गोल गर्दै अग्रता लियो। चेल्सीका लागि जर्जिन्होले पेनाल्टीमा गोल गरे।
पहिलो हाफमा १-० ले अघि रहेको चेल्सीविरुद्ध ब्राइटनका ट्रोसार्डले ५४ मिनेटमा बराबरी गोल फर्काउन सफल भए।
दुई मिनेटमा चेल्सीले अग्रता लिन सफल भयो। ५६ मिनेटमा रेस जेम्सले २५ यार्ड टाढाबाट गोल गरे। उनलाई गोल गर्न जर्जिन्होले पास उपलब्ध गराएका थिए।
६६ मिनेटमा चेल्सीले तेस्रो गोल गरे। कर्ट जोउमाले चेल्सीका लागि तेस्रो गोल गरेका हुन्। यसपटक जेम्सले गोल गर्न पास दिएका थिए।
लिगको अर्को खेलमा शेफिल्ड युनाइटेडले वुल्भ्सलाई २-० गोलले हराएको छ।