इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुलले स्पेनिस मिडफिल्डर थियागो अल्कान्टारालाई भित्र्याएको छ।
जर्मन क्लब वायर्न म्युनिखबाट २० मिलियन पाउन्डमा उनी चार वर्षका लागि लिभरपुलमा आबद्ध भएका हुन्।
उनले थप ५ मिलियन पाउन्ड लिभरपुलको प्रिमियर लिग र च्याम्पियन्स लिग हात पारेको सफलताको आधारमा प्राप्त गर्न सक्नेछन्।
सन् २०१३ मा उनी स्पेनिस क्लब बार्सिलोनाबाट वायर्नमा आबद्ध भएका थिए। वार्यनले सिजनमा च्याम्पियन्स लिगको उपाधि जित्दा उनी महत्वपूर्ण सदस्य थियो।
लिभरपुलमा आबद्ध भएसँगै अब उनले ६ नम्बरको जर्सी लगाउनेछन्।
थियागो लिभरपुलले यो विन्डोमा सम्झौता गरेका दोस्रा खेलाडी हुन्। यसअघि लिभरपुलले लेफ्ट ब्याक कोस्टाससँग सम्झौता गरेको थियो।
बार्सिलोनाबाट वायर्नमा आबद्ध हुनुअघि उनले सन् २०१३ मा दुई ला लिगा जितेका थिए। वायर्नमा रहदा उनले सात पटक बुन्डेस लिगा र एक पटक च्याम्पियन्स लिग जिते।