इंग्लिस फुटबल लिग कपमा लिभरपुलले तेस्रो डिभिजनको क्लबमाथि ७ गोल गरेको छ।
लिभरपुलले बिहीबार भएको तेस्रो चरणको खेलमा लिङ्कन सिटीमाथि ७-२ गोलको जित निकालेको हो।
लिभरपुरका लागि साकिरीले खेलको नवौं मिनेटमा पहिलो गोल गरे। मिनामिनोले १८ र ४६ मिनेटमा गरी दुई गोल गर्न सफल भए।
लिभरपुलका लागि जोन्सले पनि दुई गोल गरे। उनले खेलको ३२ मिनेट र ३६ मिनेटमा गरी दुई गोल गरे।
मार्को ग्रुजिक ६५ मिनेटमा गोल गर्दा डिभोक ओरिगीले ८९ मिनेटमा गोल थपे।
अब लिभरपुलले चौथो चरणमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ।
यता म्यानचेस्टर सिटीले वर्नमाउथमाथि २-१ को जित निकालेको छ। म्यानचेस्टर सिटीको जितमा डेलपले १८ मिनेट र फोडेनले ७५ मिनेटमा गोल गरेका थिए।
अर्को खेलमा एस्टन भिल्लाले ब्रिस्टोल सिटीमाथि ३-० को जित हात पारेको छ।