युरोपियन च्याम्पियन्स लिगअन्तर्गत स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानमाथि जित हात पारेको छ।
मंगबलार भएको समूह 'बी' खेलमा रियलले इन्टरलाई ३-२ गोलले पराजित गरेको हो।
खेलको २५ मिनेटमा करिम बेन्जिमको गोलबाट रियलले अग्रता लियो। ३३ मिनेटमा सर्जियो रामोसले रियलको अग्रता दोब्बर पारे।
३५ मिनेटमा इन्टरका मार्जिनेजले गोल फर्काए। पहिलो हाफमा २-१ ले पछि परेको इन्टरका लागि पेरिसिकले ६८ मिनेटमा अर्को गोल गर्दा खेल २-२ को बराबरीमा आयो।
खेलको ८० मिनेटमा रोद्रिगोले गोल गर्दा रियल ३-२ ले अघि बढेको थियो।
यो समूहको अर्को खेलमा युक्रेनको क्लब शख्तर डोनेट्स्कमाथि जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखले ६-० को सानदार जित हात पारेको छ।
समूहमा तीन खेलबाट ५ अंक जोड्दै मुन्छेनग्लाडबाख शीर्ष स्थानमा छ। दोस्रो स्थानको डोनेट्स्क र तेस्रो स्थानको रियलको समान ४-४ अंक छ। इन्टर २ अंक जोडेर चौथो स्थानमा छ।