इंग्लिस प्रिमियर लिगमा चेल्सीले सहज जित निकालेको छ।
चेल्सीले शनिबार राति भएको खेलमा सेफिल्ड युनाइटेडलाई ४-१ ले हरायो।
खेलमा अग्रता सेफिल्डले नवौं मिनेटमा लियो। उसका म्याकगोल्डरिकले गोल गरेका थि।
चेल्सीका लागि खेलको २५ मिनेटमा अब्राहमले बराबरी गोल फर्काए। ३४ मिनेटमा चिलवेलको गोलबाट चेल्सीले अग्रता लियो।
७७ मिनेटमा थियागो सिल्भाले चेल्सीका लागि तेस्रो र ८० मिनेटमा वर्नरले चौथो गोल गरेका थिए।
लिगको अन्य खेलमा क्रिस्टल प्यालेसले लिड्सलाई ४-१ र वेस्ट ह्यामले फुलहमलाई १-० गोलले पराजित गरेका छन्।
लिगमा साउथह्याम्टन ८ खेलबाट १६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको लिभरपुलको एक खेल कम खेल्दै समान अंक छ। चेल्सी ८ खेलबाट १५ अंक जोड्दै तेस्रो स्थानमा छ।