नेपालका प्रज्वल क्षेत्री र प्रकाशनाथ श्रेष्ठ २०२१ फिफा अन्तर्राष्ट्रिय रेफ्रीको सूचीमा मनोनित भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार क्षेत्री र श्रेष्ठलाई सुदिप पाण्डे र श्रवण लामाको स्थानमा मनोनित गरिएको हो।
यस्तै महिलातर्फ अस्मिता मानन्धरको स्थानमा अन्जना राई फिफा रेफ्रीमा मनोनित भएकी छिन्।
सहायक रेफ्रीतर्फ रोजेन श्रेष्ठ र पदम भूलेजको नाम पनि हटाइएको छ। उनीहरूको स्थानमा कृष्ण कनैया यादव र विक्रम चौधरीलाई मनोनित गरिएको छ।
एन्फाको रेफ्री कमिटीले नयाँ फिफा अन्तर्राष्ट्रिय रेफ्रीको सूची स्वीकृत गरेको हो।
सबै रेफ्रीहरूको फिटनेस र मेडिकल परीक्षण गरेपछि रेफ्रीको सूची स्वीकृत गरिएको एन्फाले जनाएको छ।
फिफा रेफ्री -नविन्द्र मानन्धर, कविन व्यन्जनकार, प्रज्वल क्षेत्री, प्रकासनाथ श्रेठ, अन्जना राई (महिला)
फिफा सहायक रेफ्री - बिना श्रेष्ठ (महिला), नानीराम थापामगर, माधव खत्री, युनाल श्रेष्ठ, सहदेव श्रेष्ठ, विक्रम चौधरी, कृष्ण कनैया यादव