युरोपा लिगअन्तर्गत इंग्लिस क्लब टोटेनहमले सानदार जित हात पारेको छ।
टोटेनहमले बिहीबार राति भएको समूह 'जे' को खेलमा बुल्गेरियाको लुडोगोरेट्सलाई ४-० गोलले पराजित गर्यो।
टोटेनहमको जितमा कार्लोस भिनिसियसले दुई गोल गरे। उनले खेलको १६ र ३४ मिनेटमा गरी दुई गोल गरेका हुन्। यस्तै विन्कसले ६३ र लुकास माउराले ७३ मिनेटमा गोल गरे।
जितसँगै टोटेनहम अंक तालिकाको दोस्रो स्थानमा छ। उसले ४ खेलबाट ९ अंक जोडेको छ।
शीर्ष स्थानको बेल्जियमको क्लब रोयल आन्थ्रोपको पनि ९ अंक छ। लास्क ६ अंकसहित तेस्रो स्थानमा रहदा लुडोगोरेट्सले अंक जोड्न सकेको छैन।
यता समूह 'बी' को खेलमा नर्वेजियन क्लब मोल्डेलाई ३-० गोलले पराजित गर्दै इंग्लिस क्लब आर्सनल अन्तिम ३२ मा पुगेको छ।
आर्सनलको जितमा पेपेले ५० मिनेटमा पहिलो गोल गर्दा नेल्सनले ५५ र बोगनले ८३ मिनेटमा गोल गरे।
समूहमा आर्सनलले ४ खेलबाट १२ अंक जोडेको छ। दोस्रो स्थानको मोल्डे र तेस्रो स्थानको र्यापिड भियनाको समान ६-६ छ। पुछारको डुनडाल्कले अंकको खाता खोल्न सकेको छैन।