नेपाली फुटबल टिमका कार्यबहाक प्रशिक्षक बालगोपाल महर्जनले ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार प्रशिक्षणमा बोलाइएका खेलाडी मध्ये २४ जना नयाँ छन्। यस्तै गत महिना बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलका अधिकांस खेलाडी प्रारम्भिक टिममा परेका छन्।
नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण सुरु गर्नेछ। फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोटको तयारी गर्नका लागि नेपालले अभ्यास सुरु गर्न लागेको हो।
नेपाली टिममा कप्तान विराज महर्जन पुनरागमन गरेका छन्। यस्तै आदित्य चौधरी, विमल घर्तीमगर, सन्तोस तामाङ र दिनेश राजवंशी पनि टिममा फर्किएका छन्।
गत वर्ष एन्फालाई जानकारी नदिइ नाइट क्लब गएपछि टिमबाट बाहिरिएका विमल, सन्तोस र दिनेश एक वर्षपछि टिममा फर्किएका हुन्।
प्रारम्भिक टिममा परेका खेलाडी आगामी डिसेम्बर १२ देखि एन्फा होस्टलमा बस्नेछन्। त्यसपछि नेपाली टिमको बन्द प्रशिक्षण सुरु हुनेछ।
प्रारम्भिक टिम
गोलकिपर : किरणकुमार लिम्बु, विकेट कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की, देव लिम्बु
डिफेन्डर : देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रन्दीप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तान, रोहित चन्द
मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, जर्जप्रिन्स कार्की, मिक्चेन तामाङ, सन्तोष तामाङ, सुनील बल, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुवास गुरुङ, दिपेश आलेमगर, तेज तामाङ, रवी पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङ्देम्बे, सन्जोग राई, नितिन थापा
फरवार्ड : अभिषेक रिजाल, रेजिन सुब्बा, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन विष्ट, विमल घर्तिमगर, राजिव लोप्चन, आसिष लामा, प्रिजेन तामाङ